‘राम्रो काम गर्नेलाई सधैँ प्रोत्साहन’
barnanmedia.com · Tue Jul 21 00:59:17 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ । त्यस क्रममा पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।
पुँजी बजारका सरोकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो । सोमबारै पुँजी बजारमा उल्लेख्य सुधार भएको छ । पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबलसाथ काम गर्न आग्रह गर्नुभयो । उहाँले पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसर थपिने भएकाले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)