‘अक्षरा’ को पहिलो लुक्समा छचल्कियो आन्तरिक पीडा
nagariknews.nagariknetwork.com · Sun Jun 28 04:34:41 GMT 2026

आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’ को पहिलो लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ। पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ। साथै, यस फिल्मको पोस्टरको पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन्। यी उजाड रुखहरूले जीवनको शून्यता, निराशा वा सङ्घर्षको प्रतीकका रूपमा काम गरेका छन्, जसले पात्रको भित्री पीडाको सङ्केत गर्छ। फिल्मको कथाको मूल मर्मलाई निर्माण पक्षले पोस्टरमार्फत केही मात्रामा दर्शकमाझ भन्न खोजेको बुझ्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)