१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
ratopati.com · Tue Jul 21 01:15:00 GMT 2026

बारा । अति विपन्न तथा गरिब समुदायका बालबालिकाहरू अध्ययन गर्ने जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित एक सामुदायिक विद्यालयको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।
विद्यालय भवन निर्माणका क्रममा अत्यन्तै न्यून गुणस्तरको काम भएको र गम्भीर प्रकृतिको प्राविधिक त्रुटि भेटिएपछि जुनसुकै बेला दुर्घटना हुन सक्ने भन्दै निर्माण कार्य बिचमै रोकिएको हो । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भलुहीको ५ कोठे भवन निर्माणमा हालसम्म उपमहानगरपालिकाको ६० लाख र मधेश प्रदेश सरकारको ५० लाख रुपैयाँ गरी कुल १ करोड १० लाख रुपैयाँ लगानी भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)