पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
nagariknews.nagariknetwork.com · Tue Jul 21 00:56:58 GMT 2026

विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन। वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)