योजनाबिना खरिद गरिएका प्रदेश बस बने ‘सेतो हात्ती’
shilapatra.com · Tue Jul 21 01:20:00 GMT 2026

मधेश प्रदेश सरकारले ‘गौरवको योजना’ भन्दै ठूलो प्रचारसहित सुरु गरेको प्रदेश परिवहन सेवा आज अस्तित्वमै छैन । बरु, सो योजनाका लागि साढे तीन करोड रुपैयाँभन्दा बढी खर्चेर खरिद गरिएका पाँचवटा बस अहिले विभिन्न सरकारी संस्थाको परिसरमा थन्किएका छन् । कतै बस खुला आकाशमुनि जीर्ण बन्दै छन् भने कतै वर्षमा एक–दुईपटक मात्रै प्रयोग हुने गरेका छन् । यसले पर्याप्त तयारी, कानुनी आधार र सञ्चालन योजनाबिना सुरु गरिएका महत्त्वाकांक्षी सरकारी योजनाहरू कसरी ‘सेतो हात्ती’ बन्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन मधेश प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले ५२ सिट क्षमता भएका ५ वटा बस खरिद गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रदेश सरकारले यसलाई प्रदेशको ‘गौरवको योजना’का रूपमा प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)