एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त
kendrabindu.com · Tue Jul 21 01:46:13 GMT 2026
लन्डन । बेलायतमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका हुन् ।
बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ । उनी पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)