भारतमा चर्किदै कक्रोज पार्टी समर्थकको प्रदर्शन, भारतीय प्रहरीद्वारा प्रदर्शनकारीमाथी अश्रुग्यास प्रहार
kendrabindu.com · Tue Jul 21 01:52:09 GMT 2026

नयाँदिल्ली । भारतीय प्रहरीले सोमबार नयाँल्लिीको केन्द्रमा हजारौँ प्रदर्शनकारीलाई संसद्तर्फ मार्च गर्न रोक्न अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामा र व्यापक परीक्षा सुधारको माग गरिरहेका थिए ।
धेरैजसो युवा विद्यार्थी रहेका प्रदर्शनकारीहरू नयाँ दिल्लीको मुटुमा रहेको जन्तर मन्तर प्रदर्शन स्थलमा भेला भएका थिए। यो अनलाइनमाध्यममार्फत् प्रेरित आन्दोलनले शिक्षा प्रणाली र बेरोजगारीप्रति व्यापक आक्रोशलाई समेटेको प्रदर्शनकारी समूहले दावी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)