वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
ratopati.com · Tue Jul 21 02:01:18 GMT 2026

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लाे तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्।
कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा बन्द छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ। मध्य पहाडी लोकमार्ग खोटाङको माम्खामा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिम खण्डमा बाढीका कारण एकतर्फी मात्र यातायात सञ्चालनमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)