वैदेशिक रोजगार बिमामा व्यापक सुधारको योजना: घरदैलोमै पुगेर दाबी भुक्तानी गर्न व्यवस्था गरिने
clickmandu.com · Tue Jul 21 02:00:58 GMT 2026

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्य योजना अघि सारेको हो।
मन्त्रालयले श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बिमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित श्रमिकको घर/परिवारमै पुगेर सहजीकरण गर्ने निर्णय गरेको छ।यसका लागि बिमा प्राधिकरणलाई पत्र लेखि कार्यान्वयनमा जोड दिइनेछ। बिमा रकमको दाबी र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन अब हकवालाको बैंक खातामै सिधै रकम पुग्ने गरी व्यवस्था मिलाइनेछ। यसका लागि मोबाइल बैंकिङ र अन्य विद्युतीय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) को प्रयोग गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)