एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति
nagariknews.nagariknetwork.com · Tue Jul 21 02:10:10 GMT 2026

विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युततर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ। सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन्। ती आयोजनाको क्षमता ३११ मेगावाट छ।
यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७० सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ। यसैगरी, ३३ केभी क्षमताको १३२ सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)