‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
nepalnews.com · Tue Jul 21 02:36:18 GMT 2026

सुदूरपश्चिम। ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण संकलन भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो। तीमध्ये ३६ हजार २० वटा परिचयपत्र छपाइ भएर कार्यालयमा आए पनि चार हजार ७४० सेवाग्राही परिचयपत्र बुझ्न आएको स्थानीय प्रशासन शाखा प्रमुख राममूर्ति सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)