क्यानडासँग व्यापारिक विवाद चर्काउँदै ट्रम्प, आयातित वस्तुमा ५० प्रतिशतसम्म शुल्क लगाउने घोषणा
canadanepal.com · Tue Jul 21 02:38:15 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट भित्रिने केही वस्तुमा भारी भन्सार शुल्क लगाउने निर्णय गरेका छन्। बीबीसीका अनुसार नयाँ व्यवस्था ३० दिनभित्र कार्यान्वयनमा आउनेछ।
ट्रम्प प्रशासनले क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य सामग्री र मदिराजन्य वस्तुमा अपनाएको व्यापार नीतिलाई असन्तुलित भन्दै त्यसको प्रतिकारस्वरूप नयाँ शुल्क घोषणा गरेको जनाएको छ। यस कदमले उत्तर अमेरिकी दुई छिमेकी मुलुकबीचको व्यापारिक सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)