‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
ratopati.com · Tue Jul 21 02:45:49 GMT 2026

कैलाली । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२–८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो । तीमध्ये ३६ हजार २० वटा परिचयपत्र छपाइ भएर कार्यालयमा आए पनि चार हजार ७४० सेवाग्राही परिचयपत्र बुझ्न आएको स्थानीय प्रशासन शाखा प्रमुख राममूर्ति सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)