सरकारले ल्यायो सक्कली बिल लिने उपभोक्तालाई लखपति बनाउने नयाँ पुरस्कार योजना
nepalnews.com · Tue Jul 21 03:21:04 GMT 2026

काठमाडौँ। सरकारले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै नयाँ पुरस्कार योजना सञ्चालन गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट आधिकारिक बिल लिने उपभोक्ताहरू यो योजनामा सहभागी हुन सक्नेछन्।
‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने अवधारणाअन्तर्गत ल्याइएको योजनामा १०० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टबाट सेवा लिएर भुक्तानी गर्दा प्राप्त हुने बिल नम्बरलाई पुरस्कार छनोटको आधार बनाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)