सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस् !
nepalpress.com · Tue Jul 21 03:23:42 GMT 2026

काठमाडौँ । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना अघि सारेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक यो योजनामा सहभागी हुन सक्नेछन् ।
१०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल–रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन सरकारले आग्रह गरेकोक छ । यही बिल नम्बर नै लखपति बनाउने योजनामा सामेल हुने नम्बर हुनेछ । सरकारले यसलाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)