मुख्य राजमार्गका ९ स्थानमा अवरोध, बीपी र कान्तिलोकपथमा रातिमा गाडी चलाउन रोक
onlinekhabar.com · Tue Jul 21 03:26:58 GMT 2026

५ साउन, काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहान ६:५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशमा भोजपुरमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) अविरल वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छ । प्रहरीले यो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)