पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय
kalakarmi.com · Tue Jul 21 03:40:39 GMT 2026

काठमाडौं- नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ ।
अर्थ मन्त्रालयले सोमवार (हिजो) जारी गरेको ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि गाडी खरिद गर्न नपाइने भएको छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्ने छ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)