मोरङमा करिब १५ लाखको अवैध सामानसहित एक जना पक्राउ
onlinekhabar.com · Tue Jul 21 03:54:36 GMT 2026

५ साउन, काठमाडौं । मोरङको बुढिगंगा गाउँपालिका–१ टंकी सिनवारी र सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)