कोलकाताबाट सिधै विराटनगर आयो कार्गो रेल
kalakarmi.com · Tue Jul 21 04:08:33 GMT 2026

विराटनगर तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।
गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो। पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)