९ करोडका विद्युतीय गाडी भन्सारमै बेवारिसे [तस्वीरहरू]
lokaantar.com

बाढीले क्षतिग्रस्त भएपछि भन्सार महशुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन् । ०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन् ।
क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९० हजार रुपैयाँ पर्छ । आयातकर्ताले बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महशुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए । ३७ लाख रुपैयाँ बराबरको एउटा इभी भ्यान पनि बेवारिसे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)