दूधमा आत्मनिर्भर बन्दै बागलुङ
ratopati.com · Sun Jun 28 05:08:01 GMT 2026

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेशमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेकाे व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ ।
शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उहाँले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गरेका छन् । चार वर्ष साउदी अरेबिया बसेर फर्किएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरिभराउ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)