५५ अर्ब २८ करोडभन्दा बढीको भटमासको प्रशोधित तेल निर्यात
kendrabindu.com · Sun Jun 28 05:05:38 GMT 2026

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट निर्यात हुने वस्तुमध्ये चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पनि भटमासको प्रशोधित तेल सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको छ। यद्यपि गत आर्थिक वर्षको तुलनामा यसको निर्यात मूल्यमा उल्लेख्य गिरावट आएको छ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यका आधारमा निर्यात भएका पाँच प्रमुख वस्तुमा क्रमशः भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, विभिन्न किसिमका कपडा तथा सेन्थेटिक यार्न रहेका छन्। यी वस्तुले भारतसहित तेस्रो मुलुकतर्फ हुने कुल निर्यातको ठूलो हिस्सा ओगटेका छन्। तर सूर्यमुखीको प्रशोधित तेल र सेन्थेटिक यार्नको निकासी पनि यस बर्ष घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)