सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना, तर, कसरी ?
rajdhanidaily.com · Tue Jul 21 04:14:26 GMT 2026

काठमाडौं । सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहित गर्न नयाँ पुरस्कार योजना सार्वजनिक गरेको छ। ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमा घोषणा गरिएको कार्यक्रमलाई सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो।
यस योजनाअन्तर्गत अब दैनिक एक जना सर्वसाधारणले १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने महिनामा दुई जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप १०/१० लाख प्राप्त गर्नेछन्। १०० रुपैयाँभन्दा बढीको सामान खरीद गर्दा वा होटल, रेस्टुरेन्ट लगायतमा भुक्तानी गर्दा प्राप्त हुने अनलाइन वा नगद भुक्तानीको सक्कली बिल नम्बरका आधारमा विजेता छनोट गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)