हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
rajdhanidaily.com · Tue Jul 21 04:10:44 GMT 2026

बागमती । हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ‘ई लाइब्रेरी’ स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।
शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताए । शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा हुने क्षति न्यूनीकरणका लागि कार्यान्वयनमा रहेको शिक्षक बैंक व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गर्दै उपमहानगरपालिकाले महिला शिक्षक प्रसुति बिदामा बसेको बखत सिकाइ क्षति आपुरणका लागि प्रसुति सट्टा शिक्षक व्यवस्थालाई निरन्तरता दिइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)