अफगानिस्तान बाढी: २० जनाको मृत्यु, मेयरसहित १०० भन्दा बढी बेपत्ता
nepalviews.com · Tue Jul 21 04:30:42 GMT 2026

काबुल । पूर्वी अफगानिस्तानमा सोमबार आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ भने १०० भन्दा बढी मानिस बेपत्ता भएका छन्। तालिवान सरकारले दिएको जानकारीअनुसार लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ।
बाढीका कारण नुरिस्तान प्रान्तको राजधानी पारुनमा सबैभन्दा बढी क्षति पुगेको छ। सोही सहरका मेयरसमेत बेपत्ता भएका छन् भने ८० भन्दा बढी बासिन्दा घाइते भएका छन्। तालिवान अधिकारीहरूले यस घटनाबाट थप ठूलो मानवीय र आर्थिक क्षति भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा घरहरू, पसलहरू र नगरपालिकाका भवनहरू पूर्ण रूपमा ध्वस्त भएको देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)