सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
ratopati.com · Tue Jul 21 04:43:34 GMT 2026

नामची । भारतको सिक्किमस्थित नामची जिल्लाको समरडुङमा भीषण वर्षासँगै गएको पहिरोले टिस्टा जलविद्युत् आयोजना को निर्माणाधीन सुरुङ पुरिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका अन्य १९ जना मानिसहरू सुरुङभित्रै थुनिएको आशङ्का गरिएको छ।
प्रहरी उपरीक्षक सोनाम डोमा भोटियाले भनेका छन्, ‘हामीले ८ वटा शव निकालेका छौँ र १९ जना अझै सुरुङभित्र थुनिएको आशङ्का छ।’