विनाशकारी बाढी पीडितका लागि राष्ट्रपति पौडेलले एक महिनाको तलब सहयोग गर्ने
ratopati.com · Thu Aug 27 11:29:11 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले सो रकम दिने घोषणा गरेको जानकारी दिएको हो ।
बुधबार चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका सयौँ जनाको मृत्यु भएको छ भने हजारौँ प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)