अर्थ मन्त्रालयको बजेट कार्यान्वयन मार्गदर्शन जारी : पुँजीगत खर्च बढाउन मन्त्रालयलाई रकमान्तर गर्ने अधिकार
kendrabindu.com · Tue Jul 21 04:52:27 GMT 2026

काठमाडौं । विकासे मन्त्रालयहरूले अब पहिलो त्रैमासमा पनि विनियोजित बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा मन्त्रालयलाई आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना (असार) मा पनि कानुन परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
गत आर्थिक वर्षमा पहिलो त्रैमास र असारमा रकमान्तर गर्न पाइँदैनथ्यो। सरकारले पुँजीगत खर्च बढाउन तोकिएको कानुन र सीमाभित्र रहेर सबै त्रैमासमा रकमान्तर गर्न पाउने छुट दिएको हो। स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको बजेट र क्रियाकलापको त्रैमासिक संशोधन लेखा अधिकृतले गर्न सक्ने व्यवस्थाको कार्यान्वयन गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। रकमान्तर वा कार्यक्रम वा क्रियाकलाप वा त्रैमासिक विभाजन संशोधन गर्दा स्रोतमा परिवर्तन गर्नुपर्ने भए अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने मार्गदर्शनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)