ग्रामीण सडक अवरुद्ध
barnanmedia.com · Tue Jul 21 04:42:02 GMT 2026

लगातारको वर्षापछि आएको पहिरोका कारण गुल्मीमा कालीगण्डकी कोरिडोरसहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक बन्द हुँदा जिल्लाका विभिन्न बस्तीको आवागमनसमेत प्रभावित भएको छ ।
आइतबार राति कालीगण्डकी गाउँपालिका–१, हर्मीचौरको उपल्लाखण्ड क्षेत्रमा सडकमाथिबाट ठुलो पहिरोसँगै ढुङ्गा र लेदो खसेपछि कालीगण्डकी कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । हर्मीचौरका स्थानीय वासुदेव पाण्डेले पहिरोका कारण सोमबार बिहानदेखि सवारी आवागमन ठप्प भएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)