बीपी प्रतिष्ठान धरानस्थित परिसरका ३५ औषधि पसलमा सिलबन्दी
kendrabindu.com · Tue Jul 21 05:03:35 GMT 2026

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चाललित ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ। इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले असार अन्तिमदेखि प्रतिष्ठान परिसरका औषधि पसलहरूको अनुगमन सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा विभिन्न कानुनी कमजोरी फेला परेपछि ३५ वटा औषधि पसल सिलबन्दी गरिएको हो। प्रहरी निरीक्षक साहका अनुसार आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका, व्यवसाय नवीकरण नगरेका पसल कारबाहीमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)