मधेशका ८२ हजार ई–रिक्सा चालकले परीक्षा बिनै लाइसेन्स पाउँदै
annapurnapost.com · Tue Jul 21 04:55:56 GMT 2026

जनकपुरधाम : मधेश प्रदेशमा सिटी रिक्सा, ई–रिक्सा सवारी साधन चालकहरुले लिखित परीक्षा बिनै लाइसेन्स पाउने भएको छ । मधेस सरकारले ट्रयाक्टर, ई–रिक्सा र अटो रिक्सा चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधैं प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत श्रावण १ गतेदेखि लाइसेन्स दिन सुरु गरेको हो । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन र कार्यविधि संशोधनसहित विभागबाट सहमति लिई मधेश सरकारले लिखित परीक्षा बिनै निश्चित प्रक्रिया र मापदण्ड पुर्याएर लाइसेन्स दिने भएको हो ।
लेखपढ गर्न नसक्ने तर सवारी चलाउन सिपालु रहेका चालकहरुलाई लिखित परीक्षा बिना नै सिधैं प्रयोगात्मक (ट्रायल) परीक्षा दिएर लाइसेन्स लिने व्यवस्था मिलाइएको श्रम तथा यातायात मन्त्रालयले जनाएको छ । ‘हाम्रो प्रदेशमा गरिबी छ । धेरै नागरिकसँग ई–रिक्सा र ट्रयाक्टर चलाएर मजदूरी गर्नुको विकल्प छैन । तर उनीहरु पढे लेखेका छैनन् र ऐन–कानुनले लाइसेन्स विना सवारी चलाउन दिँदैन,’ श्रम तथा यातायात मन्त्रालयका सचिव धनञ्जय सिंहले भने, ‘निरक्षर भएकै कारण लिखित परीक्षा पास गर्न नसक्ने तर सवारी चलाउन पोख्त रहेका नागरिकको रोजगारी नगुमोस् भनेर सरकारले यो कदम चालेको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)