स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
ratopati.com · Tue Jul 21 05:09:53 GMT 2026

लन्डन । स्ट्रेट अफ होर्मुजमा सोमबार प्रहार भएको भनिएको जहाजका चालकदलका सदस्यहरूले जहाज छाडेका छन् । हाल उनीहरू लाइफबोट (उद्धार डुङ्गा)मा सुरक्षित रहेको बताइएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ)ले मंगलबार बिहान स्थानीय समयअनुसार सार्वजनिक गरेको अद्यावधिकमा यस्तो जानकारी दिएको हो ।
यूकेएमटीओका अनुसार यस घटनाबाट हालसम्म कुनै वातावरणीय प्रदूषण वा तेल चुहावट भएको जानकारी प्राप्त भएको छैन । यसअघि इरानको सरकारी समाचार संस्था आईआरएनएले प्रकाशित गरेको वक्तव्यमा इरानी रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी)ले स्टे«ट अफ होर्मुज पार गर्ने प्रयास गरिरहेका दुईवटा तेल ट्यांकरमाथि प्रहार गरेको दाबी गरेको थियो । यी जहाजले निर्देशन नमानेको दाबी आईआरजीसीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)