अब कर तिर्ने उपभोक्तालाई नगद पुरस्कार: दैनिक १ लाख ३३ हजार, पाक्षिक बम्पर १० लाख
techpana.com · Tue Jul 21 05:12:20 GMT 2026

काठमाडौं । अब कर तिर्ने नागरिकहरूले हरेक दिन उपहार पाउने भएका छन् । अर्थमन्त्रालयले करदता प्रोत्साहन उपहार कार्यविधि, २०८३ स्वीकृति गरी उक्त योजना अघि सारेको हो । कार्यविधि अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
कार्यक्रममा सहभागीमध्ये हरेक दिन एक जनालाई १ लाख ३३ हजार ३३४ रूपैयाँ र बम्पर उपहारस्वरुप प्रत्येक १५ दिन (पाक्षिक) मा एक जनालाई १० लाख रूपैयाँ दिइने भएको छ । यद्यपि, विजेताले पाउने उक्त उपहार रकममा आकस्मिक लाभ बापतको २५ प्रतिशत कर कटौती हुने कार्यविधिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)