लोकसेवा आयोगले सार्वजनिक गर्यो वार्षिक परीक्षा तालिका, परीक्षा कहिले?
himalpress.com · Tue Jul 21 05:16:47 GMT 2026

काठमाडौँ- लोकसेवा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि संघीय निजामती सेवा, संघीय स्वास्थ्य सेवा, संघीय संसद् सेवा तथा राष्ट्रिय मानवअधिकार सेवाका पदहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको तालिकाअनुसार विभिन्न तहका पदहरूको विज्ञापन साउनदेखि मंसिरसम्म प्रकाशन गरिनेछ भने लिखित परीक्षा कात्तिकदेखि फागुनसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)