मंगलबार सुन र चाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Tue Jul 21 05:30:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् सोमबार छापावाला सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)