उच्च अदालत विराटनगरले ३ हजार ५८ मुद्दा फैसला गर्न सकेन
canadanepal.com · Tue Jul 21 05:30:25 GMT 2026

विराटनगर - गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले ४ हजार ९९ थान मुद्दा फैसला गरेको छ । अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ७ हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा धेरै मुद्दा मिसिल जलेका कारण मुद्दा फैसला गर्न ढिलाइ भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)