वायुसेवा निगम अध्यक्षमा श्रेष्ठको नियुक्ति विरुद्ध कारण देखाउ आदेश, अदालतले विपक्षीलाई शुक्रबार बोलायो
clickmandu.com · Tue Jul 21 05:37:24 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सोमबार सर्वोच्च अदालतका नृपध्वज निरौलाको एकल इजलासले निगमको सञ्चालक समिति सदस्य उपेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालय समेत ५ जनालाई विपक्षी बनाए हालेको मुद्दामा कारण देखा आदेश जारी भएको हो ।
यो आदेशसँगै अदालतले अन्तरिम आदेश दिने सम्बन्धमा शुक्रबार मुद्दाका विपक्षीलाई छलफलको लागि बोलाएको छ । शुक्रबार सरकारका प्रतिनिधिले निगममा श्रेष्ठलाई नियुक्त गर्नुको कारणसहितको जवाफ पेश गर्नेछन भने निगम सदस्य कार्कीले मागेको मागदाबीको विषयमा समेत छलफल हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)