डेंगुको प्रकोप रोक्न वायु सेनाका ड्रोन प्रयोग गरिरहेछ श्रीलङ्का
ratopati.com · Tue Jul 21 06:09:54 GMT 2026

कोलम्बो । श्रीलङ्कामा झन्डै एक दशकयताकै सबैभन्दा ठुलो लामखुट्टेबाट सर्ने डेंगु प्रकोप फैलिएको छ । रोगको फैलावट नियन्त्रण गर्न सार्वजनिक स्वास्थ्य निकाय र अस्पतालहरूले वायुसेनाका ड्रोनसहित सशस्त्र बलको सहयोग लिन थालेका छन् ।
मनसुन वर्षापछि घरका छतमा जमेको पानी पत्ता लगाउन वायुसेनाले ड्रोन प्रयोग गरिरहेको छ । साथै सेना र प्रहरीका टोलीहरूले घर, निर्माणस्थल तथा विद्यालयको निरीक्षण गर्दै लामखुट्टेले फूल पार्ने स्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)