शान्त मुद्रा, गहिरो सोचः ‘अक्षरा’ को पहिलो लुक्समा छचल्कियो आन्तरिक पीडा
kalakarmi.com · Sun Jun 28 04:49:06 GMT 2026

काठमाडौं- आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अक्षरा’ को पहिलो लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको प्रचार-प्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ । पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)