दुई अर्ब बढि विकास बजेट फ्रिज
ajakoartha.com · Tue Jul 21 06:15:00 GMT 2026

काठमाडौं - दाङमा आर्थिक वर्ष २०८२/८३ मा प्राप्त पूँजीगत (विकास) बजेटमध्ये दुई अर्ब आठ करोड २८ लाख ४० हजार २९० रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । संघ र प्रदेश सरकारले विनियोजन गरेको ठूलो हिस्सा बजेट यस वर्ष पनि खर्च हुन सकेन । कुल विकास बजेटको २५.५४ प्रतिशत रकम खर्च हुन नसक्दा विकास आयोजनाका लागि छुट्याइएको ठूलो हिस्सा उपयोगविहीन बनेको हो ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८२र८३ मा संघ र प्रदेश सरकारबाट दाङका लागि कुल आठ अर्ब १५ करोड ५३ लाख एक हजार पाँच सय रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो ।