साफ च्याम्पियनसिप बंगलादेशमा हुने, नेपालको सहभागिता अनिश्चित
baahrakhari.com · Tue Jul 21 06:29:34 GMT 2026
काठमाडौं । साफ च्याम्पियनसिप २०२६ बंगलादेशको राजधानी ढाकामा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बोर्ड बैठकबाट प्रतियोगिता आउँदो नोभेम्बर ४ देखि १७ सम्म हुने तय गरिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण प्रतियोगितामा नेपालको सहभागिता भने अनिश्चित छ । सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिप बंगलादेशमा चौथोपटक हुन लागेको हो । सन् २००३, २००९ र २०१८ का संस्करण पनि बंगलादेशमा आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)