पदयात्रा पर्यटनमा आकर्षण : अन्नपूर्ण क्षेत्रमा ५ लाख विदेशी पर्यटक, सबैभन्दा बढी भारतीय
kendrabindu.com · Tue Jul 21 06:37:11 GMT 2026

गण्डकी। गत आर्थिक वर्षमा १ सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा ५ लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।
तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)