सर्लाहीमा बालिका हराउने घटना डरलाग्दो, एक महिनामा ५० जना बेपत्ता
kalakarmi.com · Tue Jul 21 06:11:35 GMT 2026

सर्लाही- सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन ।
प्रहरीको विवरण अनुसार हराउनेमध्ये १७ जना महिला, ३ जना बालक, २६ जना बालिका र ४ जना ज्येष्ठ नागरिक रहेका छन् । उक्त अवधिमा कुनै पनि पुरुष हराएको विवरण दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको बिबरणले हराउनेमध्ये बालिकाको संख्या सबैभन्दा बढी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)