नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिका आवासीय भवन निर्माणमा सहयोग
nepalsamaya.com · Tue Jul 21 06:42:47 GMT 2026

काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँ राउन्ड टेबल-१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
नवनिर्मित आवासीय भवनले ६० जनासम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्नेछ। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)