देशभर मनसुनी वायुको प्रभाव : यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
annapurnapost.com · Tue Jul 21 06:34:33 GMT 2026

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी बर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको बिभागका मौसमबिद् हरिप्रसाद दाहालले जानकारी दिए । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना देखिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)