चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
rajdhanidaily.com · Tue Jul 21 06:51:05 GMT 2026
दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।
कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो । संकलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ रु एक अर्ब १८ लाख ६६ हजार, अन्तस्शुल्कतर्फ रु ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ रु १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर संकलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)