एनसेलले ल्यायाे 'शेक एन्ड विन' अफर
nepalsamaya.com · Tue Jul 21 06:47:41 GMT 2026

काठमाडौं- एनसेलले डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले साउन १ गतेदेखि एनसेल एपमा 'शेक एन्ड विन' अफर सार्वजनिक गरेको छ। मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा (शेक गर्दा) डाटा प्याक र छुट कुपन लगायतका विभिन्न सर्प्राइज उपहारहरू निःशुल्क प्राप्त गर्न सकिने छ।
एनसेल एपको प्रयोगलाई थप प्रभावकारी र अन्तरक्रियात्मक बनाउन ल्याइएको यस अफरमा सहभागी हुनेले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक पटक नयाँ उपहार प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)