वर्खामा नियमित र गुणस्तरीय विद्युत सुनिश्चित गर्न प्रदेश कार्यालयहरूलाई निर्देशन
setopati.com · Tue Jul 21 06:51:47 GMT 2026
वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठको अध्यक्षतामा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग छलफल भएको छ।
बैठकमा वर्षायामका कारण विद्युत प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)