केएमसीमा ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिबाट उपचार: जोगियो खुट्टा, खुल्यो अवरुद्ध नसा
swasthyakhabar.com · Tue Jul 21 07:02:28 GMT 2026

काठमाडौं- काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल नसाको बिनाचिरफार सफल उपचार गर्दै नयाँ उपलब्धि हासिल गरेको छ। खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीका लागि यो अत्याधुनिक प्रविधि मार्फत सफल उपचार गरिएको हो।
पोखराकी ७१ वर्षीया हीरामाया राम्जाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्तसञ्चार अवरुद्ध हुँदा असह्य पीडामा थिइन्। उनको खुट्टा नीलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्या देखिएको थियो। केएमसीको मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उनको सफल उपचार गरेको हो। उपचार टोलीमा जनरल सर्जन डा. मनिष आचार्य, एनेस्थेसिया विशेषज्ञ डा. स्मृति कोइराला, जनरल सर्जन लोकेश आचार्यलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)