२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल खोजेर डिजिटलाइज गर्दै विभाग
nepalnews.com · Sun Jun 28 05:26:28 GMT 2026
काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धानका फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्यलाई वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो तथा विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फायलहरूको खोजी, व्यवस्थापन र अभिलेखीकरणको काम अघि बढाइएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)